धनगढी : पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ । पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह मुल समितिका संयोजक जयन्त चन्दले दिए । रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम विवादित हुनसक्ने भन्दै भ्रमण रद्द गरिएको हो ।।राजपरिवारको सुदूरपश्चिम भ्रमण स्थगित भएकोबारे आज एक पत्रकार सम्मेलनमार्फट नै जानकारी गराइएको छ ।
यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो । तर, नागरिक उन्मुक्तिको देशव्यापी आन्दोलनका कारण भ्रमण रद्द भएको हो । आयोजकले भने आन्दोलनका साथै सुरक्षाको कारण देखाएर शनिवारबाट हुने सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ ।