एमालेको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

अत्तरिया : नेकपा एमालेको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । विशेष र शून्य समय टुङ्गो नलगाएसम्म नेकपा एमालेले बैठक अघि नबढ्न दिने भन्दै रोष्टम अगाडि उभिएपछि बैठक स्थगित भएको हो ।

प्रथम अधिवेशनको नवौं बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई विशेष समयमा बोल्न सभामुख भीमबहादुर भण्डारीले समय दिएपछि नेकपा एमालेले अवरोध गरेको हो । नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले कार्यसूचिमा भएको भन्दा फरक ढंगले सभा अघि बढाएकोप्रति आपत्ति जनाउँदै बैठक अघि बढ्न नदिने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.