Agni Offset Press

गौरीगंगामा मेलमिलाप केन्द्रको वडालाई ज्ञापनपत्र

Aarati simant

अत्तरिया, १० जेठ : गौरीगंगा नगरस्तरिय मेलमिलाप केन्द्र र वडा मेलमिलाप केन्द्रले वडा अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । मेलमिलाप केन्द्रलाई बजेट छुट्याउने र प्रत्यक वडामा छोटो भन्दा छोटो मेलमिलाप केन्द्र गठन गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउने कार्यक्रमको समन्वयमा वडा मेलमिलाप केन्द्रले गरेको हो । नगरस्तरीय मेलमिलाप संयोजक हेमन्तराज जोशी (बाजे) ले निःस्वार्थ रुपमा सामाजिक क्षेत्रमा शुशासन मैत्रीपुर्ण वातावरण बनाउन दिनरात नभनी खटने मेलमिलापकर्ता टोल, वस्ती वडाका शान्तिका अभियन्ता न्यायाधिसहरुलाई स्थानीय सरकारले बजेट विनियोजित गर्न माग गरेको छ । साथै मेलमिलापकर्ताहरुलाई विवाद समाधानको लागि प्रत्येक वडाहरुमा वडा मेलमिलाप केन्द्र संचालन छिटोभन्दा छिटो हुनुपर्छ भनेर उल्लासमय वातावरणमा सहभागी भैइ कार्यक्रम सफल पार्न मेलमिलापकर्ताहरु र वडा अध्यक्षप्रति नगर संयोजक हमेन्त बाजे ले धन्यवाद ब्यक्त गरे ।
स्थानीयस्तरमा हुने सानातिना झै–झगडा र विवादहरुको त्यही समुदायमा मेलमिलापकर्ताहरुको सहजीकरणमा दिगो समाधान गरि समाजमा शान्ति, सौहार्द, भाईचारामा अभिवृद्धि गर्न मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण हुने भएकोले यथासक्य उल्लेखित २ बुँदाहरु पूरा गर्न सम्बन्धित स्थानीय सरकार समक्ष जोडदार माग गरेका छन् ।
गौरीगंगा नगरपालिका १–११ वटा वडाका संयोजकहरुको नेतृत्वमा २ सुत्रिय माग राख्दै वडा अध्यक्ष हरुलाई ज्ञापन पत्र बुझाएका हुन । जसमा वडा नं–१, किरण बुढा, २ मा चेतराज खडका, ३ मा जगतराम चौधरी, ४ मा करबिर चौधरी, ५ मा पदम नेपाली, ६ लछ्मी बोगटी कुँवर, ७ मा नामसरा नेपाली, ८ मा पार्बती बुढाऐर, ९ मा देब वसन्त चौधरी, १० मा बाटु बिक र ११ मा शुरेस भुलको नेतृत्वमा वडामा वडा स्तरिय मेलमिलाप केन्द्रलाई बजेट विनियोजित गरिदिन र वडा मेलमिलाप केन्द्र कार्यालय संचालन गर्न स्थानीय सरकारलाई दबाव स्वरुप ज्ञापन पत्र बुझाईएको हो ।
नगर भित्रका १ देखि ११ वटा वडाका करिब ५० जना मेलमिलापकर्ता सहभागी भएका थिए । बैशाख १३ गते नगर भरिका ५५ जना मेलमिलापकर्ताहरुको हस्ताक्षरमा नगरपालिका प्रमुख, उप–प्रमुख लाई नगरपालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.