Agni Offset Press

कैलालीका यातायात व्यवसायी बिच लफडा

Aarati simant

धनगढी : कैलालीका यातायात व्यवसायी बिच लफडा सुरु भएको छ । धनगढी बर्सकापबाट सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायी बिच लफडा सुरु भएको हो । १४ महिनादेखि एकद्धवार प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्दै आएका उनीहरु बिचमा निर्णय कार्यान्वयन नभएको भन्दै लफडा सुरु भएको हो ।
धनगढीबाट सञ्चालनमा रहेका सबै यातायात प्रालिहरुको एक समूह थियो । तर उक्त समूहबाट खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशी बाहिरीएपछि नयाँ लफडा सुरु भएको हो । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जोशीले यातायात व्यवसायीहरुको निर्णय विपरीत बाहिरिएका बताए । उनले भने, ‘यातायात व्यवसायी संकटमा छन् । यातायात व्यवसायीलाई बचाउन हामीले एक प्रयास गरेका थियौँ। एकद्वारा प्रणालीमा गएका थियौँ । अश्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्ने योजना हाम्रो हो । सरकारी ऐन मानेर हामीले काम गर्दै आएका थियौँ।’ सापकोटाले दुई वर्षका लागि एकद्वारा प्रणाली लागु गरिएको बताए ।

यातायात व्यवसायीहरु बिचमा हुने अश्वस्थ प्रतिस्पर्धाले दुर्घटनाको जोखिम हुने तर्क उनीहरुको छ । तर खप्तड यातायात प्रालिका अध्यक्ष जोशीले सबै प्रालिको समूहमा गरिएको निर्णय कार्यान्वयन नभएकाले बाहिरिएको बताएका छन् । उनले पटक पटक निर्णयहरु कार्यान्वयनका लागि जोड दिँदा पनि कार्यान्वयन नभएपछि बाहिरिएको बताए । पाँच महिनासम्म आफ्ना कुराहरु समूहले नसुनेको तर्क जोशीको छ। उनले धनगढीबाट लामो दुरीमा सञ्चालन हुँदै आएका पुराना बसहरु हटाउनुपर्ने मागसमेत गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.