
दार्चुला ः दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका एकजनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना रहेका छन् । बुधबार बिहान चिया पकाउनेक्रममा ग्यास विस्फोट हुँदा जलेर घाइते भएका उनलाई सुरुमा गोकुलेश्वर अस्पताल लगिएको थियो ।
गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनिए पनि नेपालगञ्ज लगिएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
