Agni Offset Press

यसै आर्थिक बर्ष भित्र बाजुराको तीन ठाउँमा वेलीवृज निमार्ण हुने

Aarati simant

बाजुरा : बाजुराको तीनठाउँमा वेलीवृज निमार्ण हुने भएको छ। सदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री नरेश कुमार शाहीको विशेष पहलमा बाजुराका तीन ठाउँमा बेलिवृज पुल निमार्ण हुने भएको हो।

मन्त्री शाहीको पहलमा जिल्ला सदरमुकाम मार्तडीबाट अन्य स्थानीय तह जोड्ने गरी यसै आर्थिक वर्षमा बाजुराका तीन ठाउँमा बेलीवृज पुल निमार्ण हुने भएका हुन्। जिल्ला सदरमुकाम मार्तडि सहित कोल्टी सडक खण्ड अन्तर्गत बाउलीको अनाई खोला, कोल्टीको दानसागु खोला र भौनेरा खोलामा बेलिवृज पुल निमार्णका लागि जिल्ला र जिल्ला आसपासका जिल्लाहरुमा जगेडामा रहेका वेलीवृजलाई सो क्षेत्रमा लिई जोड्न संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्।

हाल सम्म पुल निमार्ण हुन नसकि सडक सञ्चाल संग नजोडिएका ठाउँमा तत्काल बेलीवृज पुल निमार्ण गरी सडक यात्रालाई सहज बनाउने गरी मन्त्री स्तरीय निर्णय भएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग पुल महाँशाखाका उपसचिव कृष्णराज अधिकारीले बताए।

संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाजुराका तीन वटै ठाउँमा बेलिवृज पुल तत्काल निर्माण गर्न जेठ ३ गते मन्त्री स्तरको निर्णय गरेका थिए। सोही अनुरुप मन्त्रालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई असार मसान्त भित्रै ती ठाउँमा बेलिवृज पुल निमार्ण गर्न निर्देशन दिएको उनले बताए।
यता सडक डिभिजन कार्यालय साफेबगरका कार्यलय प्रमुख विवसबाबु सदादेव का अनुसार मन्त्रालयबाट नितिगत निर्णय भई परिपत्र आएको छ अब तत्काल प्रक्रियामा जाने समेत बताए। त्यस्तै मन्त्री शाहीको पहलमा साफेमार्तडी सडक खण्ड अन्तगर्तग पर्ने बल्दे अमकोट द्धारी वैकल्पिक मार्गमा यसै आव काम सम्पन्न गर्ने गरी गत वैशाख २० गते सडक डिभिजन कार्यालय साफेवगरले ठेक्का आह्वान गरीसकेको छ।

कुल लागत १ करोड २९ लाख ९५ हजार ३ सय २४ रुपैया ६६ पैसा रहेको छ। बाजुरामा केही वर्षदेखि कच्ची सडकबाट यातायातका साधान सञ्चालन भईरहेपनि यात्रा मौसमी हुदै आएको छ। पुल नभएका ठाउँमा बर्खा सिजनमा यातायातका साधान अवरुद्ध हुने गरेका छन्। कतिपय ठाउँमा आंशिकरुपमा यातायातका साधान सञ्चालन हुन्छन भने अधिकांश ठाउँमा पैदल यात्रा गर्न समेत कठिन छ।

सडक यात्रा मैसमी हुने गरेको बाजुरामा पानी परेका बेला खोला बढ्ने र कच्ची सडक भासिँने जोखिमले यातायातका साधान पनि नियमित नहुँदा स्थानियले विभिन्न कठिनाई भोग्दै आएका छन्। अव पुल निमार्ण हुने भए पछि यातायातका साधान नियमित हुने र वर्षा सिजनमा यात्रामा पनि सहज हुने बताईएको छ। सडक र पुल निमार्ण भए पछि वर्षेनी गाडी गुड्ने र मौसमी यात्राको अन्त्य हुनेप्रति नागरीकको अपेक्षा छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.