कञ्चनपुर : प्रहरीले कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा बस्ने दिनेश जप्रेल रहेका छन् । कञ्चनपुरबाट खटी गएको संयुक्त प्रहरी टोलीले जप्रेल घरमा लुकिछिपि रहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो ।जप्रेललाई जिल्ला अदालत कञ्चनपुरबाट २०७८ मंसिर २१ गते लागुऔषध चरेशको मुद्धामा १ वर्ष ९ महिना ३ दिन कैद र १५ हजार जरिवाना तोकिएको थियो ।
शुक्रबार नै कञ्चनपुर जिल्ला अदालतले तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए ।