रेशमलाई माफीबारे गगन थापा : राजाको शासनमा जस्तै सरकारले हुकुम चलायो

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टीकापुर हत्याकाण्डका प्रमुख दोषी रेशम चौधरीलाई आममाफी दिएर सरकारले राजाको जस्तो हुकुमी शासन चलाएको बताएका छन्। नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। कुनै पनि विषयमा अदालतले गरेको अन्तिम फैसलाका सन्दर्भमा कानुनले बन्दोबस्त गरेको कुरालाई सरकारले लत्याउने काम गरेको पनि उनले बताए

‘राज्यले निर्धारण गरेको कानुनी बन्दोबस्तबाट कोही पनि बाहिर जान पाउँदैन’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुमले चल्दैन, यो गणतन्त्रको शासन हो। यहाँ कानुनको शासन मात्रै हुन्छ र चल्छ।’ सरकार चलाउन सजिलो बनाउने नाममा प्रचलित कानुनलाई मिचेर रेशमलाई रिहा गरिएको उनको भनाइ थियो।

‘आज हामीलाई सरकार चलाउने कुरामा केही सजिलो या गाह्रो भयो भनेर प्रचलित कानुनलाई पनि मिचेर थिचेर बलमिच्याइँ गर्दैछौँ। अदालतको पूर्णपाठ पनि नआई यो निर्णय गरेर हामीले अदालतलाई हेप्यौँ,’ उनले भने, ‘कांग्रेस भन्ने पार्टी विधिको शासनमा चल्छ भन्ने मान्यता छ। अरुले दायाँबायाँ गरे पनि कांग्रेस पार्टी आफ्नो मान्यतामा चल्छ भनिन्थ्यो। आफ्नो सिद्धान्तबाट हलचल गर्दैन, जति गाह्रो साह्रो परे पनि आफ्नो मान्यतामा चल्छ भनिन्थ्यो।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.