बुंगलनगरपालिकाले गर्यो पुुर्व बजेट तथा योजना प्राथमिकरण बारे छलफल

जगदीश रोकाया
बझाङ, १५ जेठ
बझाङको दुर्गम बुंगल नगरपालिकाले पहिलो पटक जनतासंग बजेट योजना कार्यक्रमको प्राथमिकरण बारे छलफल गरेको छ । स्थानीयतहको बजेट कार्यक्रम योजना तर्जुमाको पुर्व समयमा नगरपालिकाले पालिकास्तरको सर्वपक्षीय सर्वदलीय बैठक बसालेर पालीकाको विकास समृद्धिका लागि राय सुझाव परामर्श कमिकमजोरीको सुझाव सल्लाह लिन कार्यक्रम गरेको हो ।
स्थानीय सरकार भएको पहिलो कार्यकाल सहित हालको जनप्रतिनिधिहरुको नगरपालिकाले पहिलो पटक जनतासंग यस्तो कार्यक्रम गरेकोमा खुशीव्यक्त गरेका छन् ।
सहभागिले पालिकाको कमिकमजोरी र सुधार गर्नु पर्ने पक्षहरुका बारेमा गुनासो सुझाव सल्लाह दिएका थिए । आइतवार विजगडामा गरेको आगामी वर्ष २०८०\८१ को पुर्व बजेट छलफल तथा प्राथमिकरण कार्यक्रममा नगरपालिकाले सवै शाखाले गरेको काम र आगामी वर्ष गरिने योजना कार्यक्रमको समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा सहभागीहरु बाट प्रत्यक्ष लिखित र मौखीक सुझाव गुनासो राख्न लगाएको थियो । कार्यक्रममा सहभागीहरुले जनतासंग यस्ता भेटघाट र छलफलका कार्यक्रम गर्नेुपर्ने, कर्मचारीहरुको हालीमुहाली कमगर्नुपर्ने, भ्रष्टचार न्यूनीकरण गर्नुपर्ने, योजनाहरुको पारर्दशिता गर्नुपर्ने, पालिकाको बेरुजु घटाउनुपर्ने जनप्रतिनिधिहरु र कर्मचारी विच समवन्ध राम्रो हुुनुुपर्ने, सरकारी यातायातका साधानहरुको सदुपयोग गर्नुपर्ने जस्ता सुझाबहरु दिएको थिए ।
कार्यक्रममा आएका सुझाव गुनासाहरु सवै ग्रहणगरि पालिकाको सेवा प्रवाह र योजना कार्यक्रमको पारदर्शीताका लागी जोड दिने प्रमुख उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आश्वसन दिएका थिए । कार्यक्रममा वडा कार्यालय साथै गाँउबस्ती जाने सवै सडकमा बजेट राख्नुपर्ने पालिको १५ शैयाको अस्पताल भवन साथै पालीका भवन छिटो निर्माण गर्नुपर्ने, एम्बुलेन्स निशुल्क सेवा दिनुपर्ने खानेपानी सिचाइका योजना र आयआर्जनका योजनाहरुमा बजेट बढी विनियोजन गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यकारी प्रमुखको अभाव भइ रहने बुंगल नगरपालिकामा अहिले उप सचिव प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रशाद चापागाँइ सरुवा भएर आएकोमा स्वागत गर्दै हाकीमलाइ बस्ने वातावरण गरिनुपर्ने जनताहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रशाद चापागाँइले विगतका कमिकमजोरी सुधार गर्दै पालिका भित्रको संस्थागत विकास र सेवा प्रवाहलाइ राम्रो बनाइ पारदर्शीता सुशासनमा जोड दिइने प्रयासमा लाग्ने प्रतिवद्धता गरे । कार्यक्रममा जिल्ला समन्वय प्रमुुख नरबहादुर बोहरा सहित पालिका भित्रका जनप्रतिनिधि कर्मचारी विभिन्न पार्टीका नेताहरु समाजसेवी बुद्धिजिवि शिक्षक पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.