गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दववा : भोलि अत्तरियामा चक्काजाम गरिने
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा भोलि १ घण्टा चक्काजाम गरिने भएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अत्तरियामा बिहिबार बिहान ९ बजे देखि १० बजे सम्म चक्काजाम गर्न बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि दवाद दिन आन्दोलित भएको छ ।
संघर्ष समितिका संयोजक लोक राज पाण्डे ‘आगो’ ले सरकारले आर्थिक बर्ष २०८०\०८१ को बजेट भाषणमा मन्त्रिपरिदको निर्णय विपरित १ सय शैय्याको मेडिकल प्रतिष्ठान बनाउने निर्णयका विरुद्ध आन्दोलनका कार्यक्रम अन्तरगत चक्काजाम गर्न लागिएको बताए ।
उनले आन्दोलनका कार्यक्रम अन्तरगत जेठ भोलि बिहान ११ बजे पछि प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताए । यस्तै आन्दोलनका कार्यक्रम अन्तरगत जेठ १९ गते विभिन्न राजनीतिक दलहरुसंग अन्तरक्रिया एवम् परामर्श गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।