अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्वकालागी बोहराको प्यानल घोषणा

अत्तरिया : कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्वकालागी अध्यक्ष कल्याण सिंह बोहराको प्यानल घोषणा भएको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष कल्याण सिंह बोहराको नेतृत्वमा प्यानल घोषणा गरीएको हो । उक्त प्यानलमा उपाध्यक्ष उद्योगमा यज्ञराज जोशी रहेका छन् । उपाध्यक्ष वाणिज्य तर्फ देवराज भट्टको उम्मेदवारी छ भने उपाध्यक्ष वस्तुगत तर्फ चेतराज पन्तको उम्मेदवारी रहेको छ ।

यस्तै महासचिवमा शंकर खड्का रहेका छन् भने सोही प्यानलबाट कोषाध्यक्षमा हेमराज भण्डारी रहेका छन् । सचीवमा दिपिन साँउदको उम्मेदवारी छ । यस्तै सदस्यहरुमा बम बहादुर बोगटी,ज्ञानेन्द्र खड्का र मनोज सदाशंकर रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.