अत्तरिया : गोदावरी नगरपालिकामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचन सुरु भएको छ । आज शनिबार विहानदेखि अत्तरिया दुर्गालक्ष्मी नमुना विद्यालयको भवनमा मतदान शुरु भएको हो ।
निर्बाचनले आगामी २ बर्ष को लागि नेतृत्व चयन गर्ने छ । संघ को अध्यक्षको लागि कल्याण सिँ बोहरा, कबिराज भट्ट र मिना देउबा प्रतिस्पर्धा गर्दै छन् । देउबा र बोहरा प्यानल सहित चुनावी मैदान मा छन् । भट्टले भने अध्यक्ष मा मात्रै उम्मेदवारी दिएका छन् । संघ को महासचिब को लागि भने अर्जुन खड्का र शंकर खड्का चुनावी मैदानमा छन् । मतदान ४ बजे सम्म हुने निर्बाचन समितिले जनाएको छ ।
मतदान को लागि ३ वटा बुथ को ब्यबस्था गरिएको छ । संघका १५ सय ६३ मतदाता रहेका छन् । २०७१ सालमा स्थापना भएको संघको अघिल्लो अधिबेशन २०७५ मा भएको थियो । तर, नियमित अधिबेशन नहुँदा ५ बर्ष पछि अधिबेशन हुन लागेको हो ।