अत्तरिया, २४ असार : गोदावरी नगरपालिका अत्तरियामा रहेको रुद्र अटोमोटिभ्स बजाज शोरुममा बजाजले नयाँ मोटरसाईकल सार्वजनिक गरेको छ । नेपाल हंसराज हुलासचन्द एण्ड कम्पनीद्वारा आधिकारिक विक्रेता रुद्र अटोमोटिभ्सले आईतबार बजाज कम्पनीका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । आईतबार रुद्र अटोमोटिभ्स शोरुममा अत्याधुनिक विशेषता सहित पल्सर एनएस २०० र एनएस १६० अपसाइड डाउन मोटरसाइकल सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको दुवै अत्याधुनिक मोडलका मोटरसाइकलहरूले चालकहरुको बाइकिङ अनुभवलाई प्रोत्साहित गर्ने रुद्र अटोमोटिभ्स बजाज शोरुमले जनाएको छ ।
आईतबार सार्वजनिक गरेको नयाँ पल्सर एनएस २०० र एनएस १६० अपसाईड डाउनले चालकहरुको जोशलाई जगाउन उक्त मोटरसाइकल डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
पल्सर एनएस २००ः– पल्सर एनएस २०० बाइकमा १९९.५ सीसीको लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएसभीआई इन्जिन रहेको छ । मोटरसाइकलले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस्तै उक्त मोटरसाइकलले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको कम्पनीले जनाएको हो ।
एनएस १६० अपसाइड :– यस्तै अर्काे मोटरसाइकल एनएस १६० अपसाइड डाउनमा भने १६०.३ सीसीको आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गती र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ यो बाईकले सबैको ध्यान आकर्षित गर्ने कम्पनीले जनाएको छ ।
राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यि दुबै मोटरसाइकलमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडि २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ ।
कम्पनीका अनुसार :–यी दुवैमा ३३ एमएम अप साइड डाउन फ्रन्ड सस्पेन्सन र क्यानिस्टरसहितको रियर नाइट्रोक्स मोनो शक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन् । यसमा रहेको न्यु स्पोर्टी ग्राफिक्सको स्लिक लाइनहरुले राइडरलाई भिडबाट अलग बनाउँछ। यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्यांकीमा बाकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ पनि देखाउँछ ।
“अगाडि र पछाडि उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरहरुले यी पल्सर एनएसलाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्दछ। “नयाँँ नयाँँ बिशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर चालकहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने आफ्नो प्रतिवद्धता रहने समेत कम्पनी ले जनाएको छ ।