अत्तरिया : अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा मिना देउबाले शान्त्वना मत पाएकी छन् । उनी २४ मतले पराजित भएकी छन् । मिनाले ५७० मत पाइन् भने बोहरा ले ५९४ मत पाए । बोहरा अघिल्लो कार्य समितिमा बरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका थिए । तर मिना कार्य समिति सदस्य मात्रै थिइन् । त्यो पनि उनलाई कार्य समितिले मनोनित गरेको थियो । बोहरा को अध्यक्ष मा तयारी भने एक बर्ष अघि देखि नै थियो ।
देउवालाई काँग्रेस नेता उत्तम कठायत, वीरबहादुर चोखाल, जय राज फुलारा र टीका दत्त जोशी लगायतका नेताहरुले दलबहादुर बोगटीलाई बरिस्ठ उम्मेदवार अगाडि सारेर जाने गरि अर्को टिम को तयारी शुरु गरे । त्यसमा एमालेका गोकर्ण भट्ट, हरि सिँ सावँद र माओवादी का धर्म कुँवर, बिक्रम बिक लगायतले साथ दिए । मिना र बोहरा दुबै काँग्रेस निकट व्यवसायी हुन ।