करोडौँ रकम र सुन चोरेर आइरहेका नेपाली सीमानाकामा पक्राउ

धनगढी : कैलालीको टीकापुर नजिकैको नाकाबाट भारतमा चोरी गरेर आइरहेका नेपालीहरू प्रहरीको फन्दामा परेका छन् । बिहीबार भारतबाट नगद रकम र ठूलो मात्रामा सुन चोरी गरेर नेपालतर्फ (घर) फर्किने बेलामा तीन जना नेपाली पक्राउ परेका हुन्। भारतीय प्रहरीले उनीहरूलाई ३ करोड भारतीय रुपैयाँ र १५ किलो ग्राम जति सुनसहित नाकाबाटै समातेको हो ।
भारतीय प्रहरी स्रोतका अनुसार उनीहरूलाई तिकुनियाँबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ का शंकर साउद, उनकी पत्नी र बर्दियाका एक अर्का युवक रहेको खुलेको छ। ।
उनीहरू तीनैजना तिकुनियाँको बसपार्कबाट पक्राउ परेका थिए । भारतमा मजदुरी गर्दै आएका उनीहरूले त्यहाँ लुटपाट गरी नेपाल भाग्न लागेको बताइएको छ । कैलालीको सशस्त्र प्रहरीले पनि यसबारे भारतीय प्रहरीबाट जानकारी लिइरहेको र विस्तृत विवरण खुल्ने क्रममा रहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.