अत्तरिया : सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृति विद पदमराज जोशी प्रभात दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मानित भएका छन । लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट आज शुक्रबार सम्मान गरिएको हो । कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोह बिच नगद,दोसल्ला र सम्मान पत्रद्वारा जोशी लाइ सम्मान गरेको थियो । प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।