धनगढीको सौभाग्य हस्पिटलको मुख्यमन्त्री शाह द्वारा उद्घाटन

धनगढी : धनगढीमा रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको उद्घाटन गरिएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले जनताको स्वास्थ्य सेवामा कटिबद्ध भएर लाग्नुपर्ने बताए । ‘जनताहरुको सेवा पु-याउने भावना छ । त्यसमा सधै भरी अभिबृदि भईराखोस् । त्यो भावनामा कतैबाट ठेश नपुगोस् ।’ नीजि क्षेत्रका स्वास्थ्य केन्द्रहरु र प्रदेश सरकार सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्री शाहले बताए । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पाउने स्वास्थ्य सेवामध्ये सुदूरपश्चिम प्रदेशमा सोचे जस्तो, भने जस्तो स्वास्थ्य सेवाबाट बञ्चित भएको मुख्यमन्त्री शाहले बताए ।

असार २५ गते देखि १५ दिन सम्म ओपिडी जनरल सेवा लगायत अन्य सेवा नि : शुल्क रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका संस्थापक अध्यक्ष दिनेशराज जोशीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.