सुदूरपश्चिम प्रदेशको आगामी आर्थिकको वर्ष बजेट पारित

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागी व्यवस्था गर्न सभामा प्रस्तुत गरेको बजेट पारित भएको छ । शनिवार राति स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८०\०८१ को लागी तयार पारेको बजेट पारित गरिएको हो ।
आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सभामा प्रस्तुत गरेको बजेटमा सत्तापक्ष दल काँग्रेस, नेकपा एस र माओवादी गरी पक्षमा ३९ सांसद र प्रतिपक्ष दल राप्रपा का १ जना साँँसद बजेटको विपक्षमा देखिए भने एक जना स्वतन्त्र सांसद र प्रतिपक्ष दल नेकपा एमाले सांसद सभामा अनुपस्थित देखिएका छन् ।

यस अघि प्रतिपक्ष बैठकमा सहभागी नहुने जानकारी गराउँदै स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशीले ३ बजे सांसदहरूलाई हलमा बसाएर सत्तापक्षका दलहरू बार्गेनिङमा लागेको समेत आरोप लगाउँदै बजेटको विरोध जनाई सकेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.