भारतीय कुखुराको आयात गरिएको भेटिए १० हजार जरिवाना गरिने

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए १० हजार जरिवाना गरिने भएको छ ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भारतबाट अवैध रुपमा कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए जरिवाना गर्ने जनाएको हो ।

नगरपालिका भित्र भारतिय कुखुरा भित्रिरहेको भन्ने व्यापक जनगुनासो आइरहेकोले नगरपालिका भित्र अवैधानिक रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गर्न निषेध गरिएको नगरप्रमुख हेम राज ओझाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.