अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका १५ वटा क्याम्पसहरु का क्याम्पस प्रमुखहरु फेरिएका छन् । जस अनुसार गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्रमुखमा नरेन्द्रबहादुर ऐर नियुक्त भएका छन् । यस अघि क्याम्पस प्रमुखमा डम्बर बहादुर पाल थिए ।
यस्तै कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख मा प्रा. तोयराज भट्ट नियुक्त भएका छन् । बिश्वबिद्धालयले मातहतका क्याम्पसहरुमा हरेक ४ बर्षमा प्रमुखहरु को नियुक्ति र फेरबदल गर्ने गर्दछ ।
सम्बन्धित पाेस्टहरु