धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

अत्तरिया : कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आइतवार बिहान धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थीत डाँडागाउँमा करेन्ट लागेर ४८ वर्षीया सावित्री जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सो घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.