बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख कुर्सीमा बसेको अवस्थामा मृत फेला

धनगढी : बाजुराको बुढीनन्दा नगरपालिकाका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जानकारी दिएको छ ।

उनी क्वाटर अगाडि कुर्सीमा बसी रहेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी चौकी कोल्टिले बताएको छ । बुढिनन्दा नगरपालिका वडा नम्बर ७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फ स्थायी कर्मचारी रहेका थिए । नगरपालिकाका एक कर्मचारीका अनुसार हिजो अफिसमा आफूलाई बिसन्चो भएको दानीले बताएका भएको थिए । लामो समय देखी रक्तचापको बिरामीबाट ग्रसित दानी बेला बेला अस्वस्थ भइराख्ने गरेका आफन्तले जनाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.