काठमाण्डौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्यले अबदेखि वर्षको एक महिना मात्रै बिदा पाउने भएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्तावमा उक्त कुरा उल्लेख छ ।
कांग्रेस केन्द्रीय सदस्यले वर्षको एक महिना बिदा पाउने र बाँकी समय कुनै न कुनै काममा व्यस्त रहने गरी खटाउनुपर्ने प्रस्ताव गगनले गरेका छन्। कांग्रेसलाई चलायमान गर्ने क्रममा केन्द्रीय सदस्यले स्थानीय तहदेखि केन्द्रमा रहेर जिम्मेवारी वहन गर्नुपर्ने उनको प्रस्ताव छ। लामो समयपछि केन्द्रीय समिति बैठक नबस्दा कांग्रेस केन्द्रीय सदस्य जिम्मेवारविहीन छन् ।