डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु

डोटी :  डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। दिपायल–सिलगढी नगरपालिका–७ का करिब ३० वर्षीय नरबहादुर विष्टको मंगलबार दिउँसो भिरबाट लडेर मृत्यु भएको हो।

स्थानीय हिक्मत विष्टका अनुसार उनको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.