महाकाली नदीमा पानीको बहाव उच्च, नदि किनारमा बस्नेहरुलाइ सर्तक हुन अनुरोध

बैतडी : महाकाली नदीमा पानीको बहाव बढेको छ । बैतडी, दार्चुला र डडेल्धुरा क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढेको हो।

जिल्लाको परशुराम नगरपालिका–५ महाकाली नदी पारिगाउँ बाढीमापन केन्द्रमा मंगलबार मध्याह्न १२ बजेतिर पानी ५ मिटर ८० सेन्टिमिटर पुगेको जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले जानकारी दिए । महाकाली नदीमा जलसतह जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सबैलाई सचेत रहन आग्रह गरेको छ। नदि किनारमा बस्नेहरुलाइ सर्तकता अपनाउन भनिएको छ ।

निरन्तर वर्षा भएसँगै महाकालीमा पानीको बहाव र सतह बढ्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनहरुले अनुरोध गरेका हुन् । साना खोला, डुबान भैरहने होचो ठाउँ तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र यात्रामा निस्कदा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.