धनगढी, ३ साउन : धनगढीबाट बेपत्ता भएका बैतडीका किशोर फेला परेका छन् । चार दिन देखि सम्पर्क विहिन रहेका जिल्लाको पञ्चेश्वर गाउँपालिका कुलाउ बस्ने अर्जुन मङ्गोलाका १५ वर्षिय छोरा निरज ममङ्गोला कैलालीको गोदावरीमा फेला परेका आफन्त इश्वरी साउदले जानकारी दिइन् ।
धनगढी त्रिनगर फुपुको घर देखि कञ्चनपुरको पुर्नवास भिमबस्ति मामाको घर जाँदै गरेका निरज असार ३० गते बाटोबाटै बेपत्ता भएका थिए । उनि मंगलबार दिउसो फेला परेका बताइएको छ । उनि चार दिन देखि सम्पर्क विहिन थिए ।