अत्तरिया, ३ साउन : प्रादेशिक आयुर्वेदिक चिकित्सालयलाई अल्ट्रासाउन्ड प्रदान गरिएको छ । बुधवार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डाक्टर निरज आर्यालले चिकित्सालयका निमित्त निर्देशक डाक्टर सुर्य उपाध्यायलाई अल्ट्रासाउन्ड हस्तान्तरण गरेका हुन् ।
गत वर्षबाट धनगढी १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको हो । चिकित्सालयमा आयुर्वेदिक उपचारसँगै विशेषज्ञ उपचार दिन थालिएको छ । अल्ट्रासाउन्ड प्रदान भएसँगै आजैबाट अल्ट्रासाउन्ड र इसिजी सेवा दिन थालिएको छ ।
अल्ट्रासाउन्ड हस्तान्तरण गर्दै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डाक्टर निरज अर्यालले गत वर्षको खरिदबाट चिकित्सालयलाई उपकरण प्रदान गरेको बताए । उनले रङ्गिन अल्ट्रासाउन्ड सञ्चालनमा आएसँगै चिकित्सालयले गुणस्तरीय सेवा दिन सक्ने बताएका छन् ।
यस्तै, चिकित्सालयका नमित्त निर्देशक उपाध्यायले सेवा विस्तारका लागि अल्ट्रासाउन्ड मसिनको उपलब्धता महत्वपूर्ण हुने बताए । बुधावारबाटै चिकित्सालय आउने बिरामीको सस्तोमा अल्ट्रासाउन्ड र इसिजी गरिने बताए । चिकित्सालयका अल्ट्रासाउन्ड गरेको चार सय शुल्क निर्धारण गरिएको छ । कार्यक्रममा चिकित्सालयका पूर्व निर्देशक खगेन्द्र बम र चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित पाेस्टहरु