काठमाडौं, ३ साउन : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न उठेको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागु हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरे ।
उनले महामन्त्रीद्वयलाई लक्षित गर्दै भने, ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दै गर्दा के राम्रो गरेको छ ? त्यसैले यहाँ लगाममा धेरै छैन । तथानाम छ जे पायो त्यही गरिएको छ ।’
पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित महामन्त्रीद्वयले नेतृत्व परिवर्तनको एजेण्डा उठाउँदै आइरहेका छन् ।
सम्बन्धित पाेस्टहरु