डडेल्धुरामा शिवशिखरद्वारा ३१ करोड रकम हिनामिना

डडेल्धुरा, १८ साउन : शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले डडेल्धुरामा मात्रै बचतकर्ताको ३१ करोड बढी रकम हिनामिना गरेको भेटिएको छ ।
भक्तपुरमा केन्द्रीय कार्यालय रहेको र देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर सहकारीको डडेल्धुरा शाखाले मात्रै ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समक्ष उजुरी पेश गरेका छन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका एक हजार पाँच सय ४३ जना बचतकर्ताले सो रकम सहकारीले फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.