Agni Offset Press

गोदावरीका सबै वडामा प्रजनन स्वास्थ्य सम्बन्धी परियोजना

Aarati simant

अत्तरिया, २१ साउन : गोदावरी नगरपालिकाका सबै वडाहरुमा प्रजनन स्वास्थ्य सम्बन्धी परियोजना सुरु गर्ने भएको छ । केयर नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा निड्स नेपालले नगरका १२ वटै वडाहरुमा प्रजनन स्वास्थ्य सम्बन्धी परियोजना सञ्चालन गर्ने भएको हो ।
विपद्को जोखिममा रहेका र विपद्का समयमा गुणस्तरिय प्रजनन स्वास्थ्य सेवामा पहुँच नभएका बस्तीहरुमा उक्त परियोजना सञ्चालन गरिने निड्स नेपालकी अध्यक्ष दुर्गादेवी खरेलले जानकारी दिईन । उनले विपद् आइपर्दा प्रजनन स्वास्थ्यको क्षेत्र अति जोखिममा रहने भएकाले परियोजना मार्फत त्यस्ता जोखिमहरुको समाधान गर्ने प्रयत्न गरिने बताईन ।
उनले परियोजना अन्तरगत नगरका १२ वटै वडामा करिब २० वटा समुह बनाएर प्रजनन स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरु गरिने बताईन । विपद्मा कुनै पनि महिला तथा किशोरीहरुको सम्पुर्ण रुपमा उपलब्ध हुने गुणस्तरिय प्रजनन् स्वास्थ्य सेवा समयमै प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नका लागि परियोजना सञ्चालन गर्न लागिएको परियोजनाका फोकल पर्सन रामचन्द्र उपाध्यायले जानकारी दिए । उनले परियोजनाले नगरका स्वास्थ्य सेवा नपुगेका र विपद्को जोखिममा रहेका बस्तीहरुमा पुगेर प्रजनन् स्वास्थय सम्बन्धी विभिन्न जानकारीमुलक कार्यक्रमहरु गर्ने बताए ।
१५ महिनासम्म सञ्चालन हुने परियोजनाका लागि ७१ लाख २० हजार २०० रुपैया बिनियोजित गरिएको उनले बताए । परियोजनाले विपद् प्रभावित बस्ती, सिमान्तकृत समुदाय बसोबास भएको बस्ती, प्रजनन् उमेर समुहका महिला तथा किशोरीहरु धेरै भएका बस्ती र न्यूनतम प्रजनन् स्वास्थ्य सेवामा पहुँच नपुगेका बस्तीहरुमा गएर सेवा दिने बताईएको छ ।
नगरमा उक्त परियोजनाको सञ्चालनका लागि आईतबार सुरुवाती छलफल गरिएको छ । छलफलमा नगरप्रमुख विरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्री लगायत सम्पुर्ण वडाका वडाध्यक्ष एवम् नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

 

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.