बझाङको एक परिवारमा मध्यराति खुकुरी प्रहार

बझाङ : बझाङको सदरमुकाम चैनपुरमा सोमबार मध्यराति एकै परिवारका ३ जनालाई चक्कु प्रहार भएको छ। सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने परिवारका ३ सदस्यलाई चक्कुले हानिएको हो।

चक्कु प्रहार गर्नेको पहिचान खुलेको छैन। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार गएराति सुनिता विक र उनका दुई छोरा आदित्य र यवनलाई चक्कुले हानिएको हो।

श्रीमान् कमल विक घरबाहिर रहेको मौका छोपी सुनिता र दुई छोरालाई चक्कुले हानिएको हो। भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूलाई आक्रमण गरिएको प्रहरीले जनाएको छ। घाइते तीन जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.