धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अत्तरिया : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ कनरीमा मोटरसाइकल दुर्घटनामा परेर बझाङका चक्रबहादुर बोहरा घाइते भएका थिए । उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलवार राति कनरीबाट धनगढी आउँदै गरेको सु.प.प्र. ०१००८ प ५७६५ नम्बरको मोटरसाइकलमा सवार बोहरा दुर्घटनामा घाइते भएका थिए । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका अनुसार ३५ वर्षीय बोहराको घर बझाङको केदारसियू गाउँपालिका वडा नम्बर ५ हो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.