असोज १ गते कोरिया भाषाको परीक्षा हुने

काठमाडौं : असोज १ गते कोरिया भाषाको परीक्षा हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गर्ने भएको हो।

सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि चार सिफ्टमा सञ्चालन गर्ने तयारी भएको हो। दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट दुई हजार पाँच सय जनालाई ‘सिप बिल्डिङ’ का लागि लैजाने गरी आवेदन माग गरिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.