
सार्क स्थापना
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन वा छोटो नाम सार्क सन् १९८० मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रीय एकताको भावनालाई मध्यनजरगर्दै बंगलादेशका राष्ट्रपति जियाउर रहमान ले विशेष पहल गरी सार्कको स्थापना भएको थियो । बङ्गलादेशको राजधानी ढाकामा १९८५ डिसेम्बर ७ र ८ मा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बंगलादेश भुटान भारत माल्दिभ्स नेपाल पाकिस्तान र श्रीलंका सहित सात राष्ट्रले सहमति जनाए पछी सार्कको विधिवत शुरुवात भएको थियो। जस अनुरूप १६ जनवरी १९८६ मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो। सार्कको आठौ कान्छो सदस्यको रूपमा अफगानिस्तानले नयाँ सदस्यता हासिल गरेको थियो। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ। सन् २०१९को तथ्यांक अनुसारसार्क देशहरूले कुल पृथ्वीको ३५ क्षेत्रफल र २१५ जनसंख्या ओगटेका छन्। सार्कले यसमा आवद्द रास्ट्रहरु को बृहत्तर हितका लागी काम गर्ने उदेश्यहरु संगै बडा पत्र जारी गर्यो जस अन्तर्गत यस क्षेत्रको आर्थिक वृद्धिसमाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीब्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नुमुलभूत उदेश्य रह्यो । विकासोन्मुख देशहरूसँगको सहयोगलाई मजबुत बनाउदैआपसी साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनुका साथै समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूलाई सहयोग पुर्यारउनु सार्कको मुख्य एजेण्डा थिए ।एक अर्को देशका बिषयमा पारस्परिक विश्वास र समझदारी राख्दै आर्थिकसमाजिकसांस्कृतिकप्राविधिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहभागिता र सहयोगको अभिवृद्धि गर्नेउदेश्य राखी सार्कको स्थापान भयो।
सार्क अवसानको बाटो
सार्कको मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थापना भयो शुरुका बर्षमा सार्कले केहि बिकासका गतिविधिमा चासो राखेता पनि बिस्तारै आफुलाई साघुरो बनाउदै लग्यो । जसको प्रमुख कारण भारत र पाकिस्तानको आपसी मनमुटाव मुख्य रह्यो । तथापी अन्य सदस्य रास्ट्रहरुले मध्येस्तकर्ताको भूमिका निर्वाह गर्न सकेनन सबै आफ्नै देशको ब्यबस्था भित्रको भ्रस्टाचार गर्न लिप्त रहे । नेपाल अफगानिस्तान र श्रीलंका आन्तरिक गृह युद्दमा अभ्यस्त रहे भने पाकिस्थान र भारत जम्मुकास्मिर मै अलपत्र रहे । जसले आफ्नो उदेश्यका लागी साझेदारी गर्न सक्नु पर्थ्यो । उनीहरुनै आन्तरिक कलहमा फसेपछी तेस्बाट कुनै प्रतिफल आउने कुरै भएन । यस्तै उदेश्य राखी अघि बढेको युरोपियन युनियनले आज आफ्नो मुलुकहरुको पूर्ण बिकासमा साझेदारी गरी संसार भरी मध्येस्तकर्ताको भूमिकामा अल्पविकसित देश र द्वन्दमा फसेका देशहरुमा सामाजिक हितमा काम गर्दैछ । जसको आफ्नै पैसा छ युरो । सार्कले स्थापना संगै आफ्नो पैसा बनायर यसको कार्यक्षेत्र र प्रभाबलाई शुरुमै स्थापना गर्न सकेको भए आज सार्क लाई फरक तरिकाको भूमिकामा देख्न सकिन्थ्यो होला तर दुर्भाग्य नेपालमा मुख्यालय भएको सार्कले आफ्नै देशको द्वन्द ब्यबस्थापन कसरी भयो भन्ने सुइँको समेत पायन । अनि कसरी उभो लाग्थ्यो सार्क र यसका सदस्य रास्ट्रहरु रु यो गभिर प्रश्नको उत्तर भारत संग छ अमेरिका संग छ तर हाम्रो देशको मुख्यालय भएको संस्था संग छैन । सार्कले शान्तिका लागी होइन कुनै पनि एउटा उदेश्य पूर्ति गर्नका लागी आफ्ना योजना अघि ल्याउन सकेन । सायद यसको सबैभन्दा बढी खर्च वा अर्थ ब्यबस्थाको चाबी भारत संग भएर पनि होला । यसरी मृत घोषणा हुन बाकी रहेको शरीर बोकेर बसेको सार्क १९ औ शिखर सम्मेलनको पर्खाइमा छ । पाकिस्तानले आयोजाना गर्नु पर्ने उक्त सम्मेलन भारत को अनइच्छा का कारण अलपत्र अबस्थामा छ । यो भन्दा पहिला पनि भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन स्थगित भएको थियो । सन् २०१४ मा नेपालमा १८ औं शिखर सम्मेलन भएयता सार्क कोमामा छ ।सन् २०१६ को सेप्टेम्बरमा जम्मु र कश्मीर राज्यको उत्तरी क्षेत्रमा आतंकवादी समूहले हमला गर्दा १९ भारतीय सैनिकको मृत्यु भए पछी नोभेम्बरमा हुने भनिएको शिखर सम्मेलन स्थगित भएको थियो । तेस पश्चात भारत पाकिस्तान के खोज्ने काना आखो भन्या जस्तो दोहरीमा व्यस्त छन् । एक अर्कालाई दोष थुपारेर सार्कलाई पेन्डुलम बनाउदै छन् तेस्मा काठमाडौंले मध्यस्त गर्न सक्नु पर्थ्यो जसको माध्यम बाट पर्यटन संगै कुटनीति पनि बलियो हुन्थ्यो । पाकिस्तानका आम जनता भारत संग मिलेर अघि बढ्नु पर्छ भन्ने तर्क राख्दछन । तर त्यहाँको सेना तेस्तो तर्कवा कुनै पनि योजनामा सहमति जनाउदैनन । दुई देश बीच हुने तनाबका शुत्रहरु लाई पाकिस्तानले बेलाबेलामा प्रयोगमा ल्याउछ । जसले परस्पर समबन्ध स्थापित गर्ने भन्दा पनि द्वन्द बढाउने कार्यमा मदत पुग्छ । यसको धरातल भनेको पाकिस्तानको सेनाभित्र हुने भ्रस्टाचार र बिलासिता हो । जनता प्रति उत्तरदायी हुनेभन्दा पनि आफु केन्द्रित निर्यण गर्दा अस्थिरता भईरहन्छ । हाम्रो देश नेपालको राजनीतिमा धेरै हद सम्म पाकिस्तानी सेनाको जस्तो गन्ध भेटिन्छ २०४७ पछी नेपालमा फलिफाप भएको भनेको राजनीतिक ब्यापार वा दुकान मात्रै हो र तेस्मा लाग्नेहरुको सम्पति दिन दुई गुणा रात चौगुणाले बृद्दी भएको छ। तेस्का पछिल्लो उदाहरण ललिता निवास एक सय पचासकिलो सुन भुटानी काण्ड हुन् ।बाकी सिन्को मरेको छैन आम सर्बसाधारणले खाडी लगायत बिदेशमा कमायको दुइचार पैसाले निजि सम्पतिमा केहि चमक धमक देखिता पनि राज्यबाट निर्माण वा निर्मित कथा कुरा देख्न अर्को जुनी जन्म लिनुपर्ने अवस्था छ । यस्तै कथाका बीच अफगानिस्तानको सत्तामा हालै तालिबान आएपछि सार्क झन् इन्तु न चिन्तुको बाटोमा उभिएको छ ।अर्को रोचक कुरा के छ भने यसमा भारत पाकिस्तान को आन्तरिक मनमुटाबले सार्क निस्क्रिय देखियको जस्तो देखियता पनि यसको भित्री पाटो भने भारत सार्क रास्ट्रका कुनै पनि मुलुकलाई रुचाउदैन भारतले आफ्ना छिमेकी देशहरु सबै संग मनमुटाब नै कायम राखेको छ अझ भारतमा मोदीको उदय पछी यो बिचार अझ उचाईमा पुगेको देखिन्छ भारतमा मोदी बिचारधारा कट्टर अतिबादी छ । मोदी विचारधारा पाकिस्तान संलगन भएको कुनैपनि सस्थालाई अघि बढाउन चाहदैन तेसैमाथी गरिबहरु को राजा भएर केहि मिल्दैन भन्ने ज्ञान मोदीलाई राम्रो संग थाहा छ न ब्यापार न अर्थतन्त्र राम्रो नत कुनै प्रबिधि नै यस्ता हरिकंगाल लाई पाल्नु भन्दा मोदी नजर अब खाडी मुलुक तिर सोझिएको छ जहाँ तेल व्यपार प्रसस्त छ ।
ब्रिक्स उदय
ब्रिक्स विश्व आर्थिक सम्बन्धलाई नयाँ मोड दिन तल्लीन छ । विश्व आर्थिक गतिविधिमा पश्चिमा राष्ट्रहरूको एकल प्रभुत्वलाई तोड्दै विकासशील एवम् अल्पविकसित राष्ट्रहरूको आर्थिक अवस्थालाई मजबुत बनाई सर्वस्वीकार्य बहुध्रुवीय विश्वको निर्माण गर्ने यसको लक्ष्य छ ।ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरूस् ब्राजिल रुस भारत चीन र दक्षिण अफ्रीकालाई जोड्ने गरि तयार पारिएको संक्षिप्त रूप हो। ब्रिक्स सदस्यहरू क्षेत्रीय मामिलाहरूमा आफ्नो उल्लेखनीय प्रभावको लागि जानिन्छन। सन् २००९ देखि ब्रिक्स राष्ट्रका सरकारहरू वार्षिक रुपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन्।यस सङ्गठनमा दक्षिण अफ्रिका जोडिनु अगाडी रुसब्राजिलभारत चीन गरि चार राष्ट्रलाई छोटकरीमा ूब्रिकू भनेर समूहकृत गरिएको थियो।ब्रिक्स राष्ट्रको संयुक्त क्षेत्रफल ३९,७४६,२२० वर्ग किलोमिटर ९१५,३४६,१०१।० वर्ग माइल० रहेको छ भने यसको अनुमानित कुल जनसङ्ख्या लगभग ३।२१ अर्बअर्थात बिक्र्समा विश्वको लगभग २६।६५६५ भुभाग र विश्व जनसङ्ख्याको ४१।५३५ रहेका छन्। पाँच मध्ये चार सदस्य ९चीनभारतब्राजिल र रसिया० जनसङ्ख्या अनुसार विश्वका दश ठूला देशहरू मध्ये एक हुन् र दक्षिण अफ्रिका भने दुबै जनसङ्ख्या र क्षेत्रफलको आधारमा चौविसौँ स्थानमा रहेको छ।ब्रिक्सको सबै राष्ट्र जि २० को सदस्य हुन्। ब्रिक्स समुहका यी पाँच सरकारबीच विभिन्न आर्थिकप्रादेशिक र राजनीतिक विवादहरू कायम रहेका छन्तर पनि हस्तक्षेप रहित समानता र पारस्पारिक लाभका लागी यी रास्त्रहरु एक ठाउमा उभिएका छन्।नयाँ बन्ने सदस्यहरू अर्जेन्टिना मिश्र इरान इथीयोपिया संयुक्त अरब इमिरेट्स र साउदी अरब छन् । जसले भर्खरै दक्षिण अफ्रिका सम्पन्न भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए ।संसारलाई निमन्त्रणा गर्दा नेपाललाई अथितीको निम्ता मिलेन यसले प्रस्ट संकेत गर्छ हाम्रो अवस्थाका बारेमा ।
ब्रिक्स उदेश्य र अर्थ नीति
ब्रिक्सको उदेश्य स्पस्ट छ संसारको एकमात्र शक्तिशाली रास्ट्र जसको पैसा संसार भरी चल्छ जो संग सबै भन्दा बलियो हातहतियार छन् जसको प्रबिधि दुनियामा सबै भन्दा अब्बल छ र जसको हरेक बिषय वा बस्तु को स्टक एक सय बर्षलाई पुग्ने छ।जसका बिरुद्द उदयमान अर्थतन्त्र भएका देशहरु लाग्नु स्वाभाविकै छ चीन भारत रसिया दक्षिण अफ्रीका उदयामान अर्थतन्त्र भएका देश हुन् ।उनीहरुको ब्यापार को हिस्सा ठुलो छ ।जनसख्याको ठुलो हिस्सा पनि उनीहरु संगै छ। यी तमाम अवसरका बीच उनीहरुका टाउको दुखाइका क्षेत्र छन् चीन लाई ताइवान भारतको जम्मुकास्मिर रुसको युक्रेन आदी ।नयाँ अरबियन देशहरु साउदी अरब दुबई इरान जस्ता देश यसमा आवद्द हुनुले पनि बिश्व शक्ति सन्तुलनमा साझेदार बन्न ब्रिक्स अघि बढेको प्रस्ट हुन्छ।जसले ब्यापार साझेदार बढाउने र बिश्व शक्ति सन्तुलनमा आफ्नो प्रभाव बढाउने देखिन्छ।निकै छोटो समयमा सहि बाटो समात्न सफल उदयमान रास्ट्र इथियोपिया पनि ब्रिक्सको सदस्य रास्ट्र बनेको छ नेपालले यस्ता कुरा कहिले बुझ्ने रुरु यसले एक नेशन भन्दा पनि ग्रुपअफ नेशन लाई प्रोत्साहन दिन्छ ।आज संसार हुने जम्मा ब्यापार मध्ये ८० प्रतिशत ब्यापार डलर मुद्रामा हुने गर्छ।बिश्व बजारमा हुने जम्मा ब्यापार मध्ये ६ प्रतिशत चिनिया युयान हुन्छ। यो ब्यापार बढाउन नै हो चीनले शिल्क रोड प्रोजेक्ट लाई अघि सारेको हो ।पछिल्लो समय धेरै राष्ट्रहरुले राजनीतिक स्थिरता र कुशल नेतृत्वसँगै तीव्र आर्थिक विकासमा फड्को मारिरहेका छन् । हिजोका गरिब र द्वन्द्वग्रस्त मुलुकसमेतले आज गति लिँदै छन् । चीनभारतजस्ता देश जो करोडौँ गरिबको स्थल मानिन्थ्यो आज पश्चिमा देशलाई चुनौती दिन सक्ने अवस्थामा पुगेका छन् । यसरी २१औँ शताब्दीको सुरुवातसँगै विश्व राजनीतिकआर्थिक एवम् सामाजिक परिवेशमा आएको नाटकीय परिवर्तनले परम्परागत आर्थिक तथा राजनीतिक मोडल एवम् संरचनामा व्यापक परिवर्तनको माग गर्न थालिएको छ । यसै विषयलाई सम्बोधन गर्न ब्रिक्स समूहको स्थापना भएको हो । ब्रिक्स गठन भएसँगै विश्वको राजनीतिक एवम् आर्थिक मोडेल ठोस रूपमै बहुध्रुवीय बन्न पुगेको छ । पश्चिमाहरूको एकाधिकारको अन्त्य भएको छ । नयाँ आर्थिक तथा राजनीतिक शक्ति समूहको रूपमा ब्रिक्सको स्थापनाले सबैभन्दा खुसी अल्पविकसित र विकासशील राष्ट्रहरू भएका छन् । जसमाथि पश्चिमा राष्ट्रहरूले विभिन्न सर्तहरू थोपर्दै उठ्नै नसक्ने गरी आफ्ना स्वार्थ लागु गरेका थिए । विश्व बैंक र आईएमएफजस्ता विश्वका ठुला आर्थिक संस्थाहरू गरिब राष्ट्रहरूलाई तह लगाउने हतियार बनेका थिए ।यी संस्थाहरु सिमित देशको स्वार्थका लागी नियन्त्रित छन् । यसै बेचैनीका बीचमा ढिलै भए पनि ब्रिक्स समूहले विश्व आर्थिक अवस्थामा सुधार एवम् परिवर्तन ल्याउने हिसाबले गरेका विभिन्न निर्णयहरूमध्ये एक हो ब्रिक्स विकास बैंक र युरो जस्तै ब्रिक्स को आफ्नै पैसा चाँडै नै सञ्चालनमा ल्याउने योजना छ यस बैंकले सकारात्मक एवम् रचनात्मक रूपमा अल्पविकसित एवम् विकासशील राष्ट्रहरूको हित प्रवद्र्धन गर्दै विश्व आर्थिक अवस्थामा नयाँ मोड दिने अपेक्षा गरिएको छ ।
अन्त्यमा
असमान वितरण र अन्यायमा आधारित वर्तमान विश्व आर्थिक संरचनासम्बन्ध र सन्तुलनलाई सही मार्गमा ल्याउने उद्देश्यसहित स्थापना भएको ब्रिक्स समूहप्रति विश्व समुदायको धेरै नै अपेक्षा छ ।तेसमाथी नेपाल जस्तो देशका लागी यो ब्रिक्स अवसरको रुपमा उदाउन सक्छ ।पश्चिमा देशहरूले ब्रिक्स समूहप्रति आशंका राख्दै आएका छन् । ब्रिक्स वास्तवमा अल्पविकसित एवम् विकासशील देशहरूको हित रक्षा गर्दै विश्वमा सही सन्तुलनमा आधारित आर्थिक सम्बन्ध निर्माण गर्न अगाडि लाग्नुपर्छ । पुराना आर्थिक संस्थाहरू विश्व बैंकआईएमएफएडीबीलगायतका संस्थाहरू गरिब राष्ट्रमैत्री थिएनन् यो आम गरिब रास्ट्रहरुको बिचार हो । त्यसलाई ब्रिक्सले सम्बोधन गर्नपर्छ । विश्वमा वातावरण संरक्षणप्राकृतिक सम्पदाको सही प्रयोगआतङ्कवादविरुद्ध अभियान र शान्ति सुरक्षा स्थापनाका लागि यस संस्थाले प्रभावकारी रूपमा कार्य गर्नुपर्छ । नेपाल जस्तो देशले पनि असल कुटनीति मार्फत यसको सदस्यता लिनु पर्छ ।जसको माध्यम बाट अरबीयन र मध्येपुर्बका रास्ट्रहरु संग पर्यटन ब्यबसायमा लगानी लगाउन आवाहन गर्नु पर्छ ।जहाँ सुरक्षित लगानी हुनेकुराको सुनिश्चितता गर्नु पर्छ । जसले कनेक्टिभिटी मा राम्रो भूमिका निरवाह गर्दछ ।बिश्व बजारमा नेपालको सुन्दरता लाई अनि पर्यटकीय गन्तब्य लाई बेच्नु पर्छ साथै नेपालबाट निर्यात गर्न सकिनेकुराहरु बाट लाभ लिन सक्नु पर्छ ।ब्रिक्स लाई अवसरका हिसाबले हेरी बिशाल जनसंख्या भएका दुई छिमेकी बाट उल्लेख्य लाभ लिने हो भने नेपालको बिकासमा यौटा नौलो आयाम थपिने छ ।जसका लागी चातुर्यता पूर्ण कुटनीति अनि स्थीर सरकार हुनु अनिवार्य छ ।
लेखेक बिभिन्न सामाजिक अनुसन्धान, शुसासनर अध्यापनको क्षेत्रमा क्रियाशिल छन् ।
