
कञ्चनपुर : नागरिकको अगुवाईमा पर्यटकीय गन्तव्यको रूपमा कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित प्याराताल विकास गरिँदै छ । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं ९ स्थित रहेको प्याराताल पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नको लागि पत्रकार दिपेन्द्र बस्नेतको पहलमा नागरिक अभियान सञ्चालन गरिएको हो । गत असारको अन्तिदेखी सुरु गरिएको अभियानमा स्थानीय तथा बिदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन ।
नागरिकहरुद्वारा प्राप्त स्वस्फुर्त आर्थिक साहायताबाट प्यारातालको जैविक पहिचान झल्काउदै पर्यटन बिकासका लागि आवश्यक भौतिक संरचना निर्माण गरिन लागेको अभियन्ता पत्रकार दीपेन्द्र बस्नेतले बताए ।
उनका अनुसार,प्यारातालको जैविक विविधता झलाउने जैविक उद्यान निर्माण गर्ने उद्देश्यले पर्यटन बिकासका लागि प्याराताल क्षेत्रको वनस्पति संरक्षण र जीवजन्तुहरुको प्रतिमा स्थापना गरि पर्यटन बिकास गर्न नागरिक अभियान सुरु गरिएको बस्नेतले बताएका छन् ।
उनले भने, ‘प्यारातालको जैविक विविधता झल्काउन पयर्टन प्रवद्र्धनका लागि ताललाई आकर्षक बनाउन नागरिकको लगानीबाट माछाको प्रतिमा निर्माण भइसकेको छ । थप आर्थिक सहयोग जुट्दै गएकामा प्यारातालको जैविक विविधता झल्काउने विभिन्न किसिमका जीव जनावरहरूको प्रतिमा संरचना र पार्क बनाउने योजना समेत रहेको छ । अहिलेसम्म १ लाख ७० हजार नगद आर्थिक सहयोग प्राप्त भएको छ । भने प्याराताल परिसरमा सेल्फी पोइन्ट र दुर्लभ जन्तुओदको मुर्ती बनाउने जिम्मा दुई जना दाताहरुले लिनु भएको छ । केही दाताहरुबाट इटा मोरंग लगायत निर्माण सामाग्री सहयोग स्वरुप प्राप्त भएको छ ।
प्यारातालमा दुर्लभ प्रजातिका जीव जन्तु, प्राकृतिक हरियाली जंगल ताल माछा, पानी बिरोलो, गोहरो, कछुवालगायत जीव जन्तुहरु पाइने रमणिय स्थान समेत रहेको बस्नेतले बताए । प्यारातालबाट नेपाल सरकारले लाभ लिएता पनि यसको संरक्षण तथा प्रवद्र्धनमा सरकारी निकायको ध्यानाकर्षण नभएको र राज्यको लगानी सुन्य भएको भन्दै बस्नेतले गुनासो समेत पोखेका छन् ।
राज्यको लगानी नलागेको प्यारातालको जैविकतलाई झलकाउँदै पर्यटकीय स्थल बनाउने उदेश्य रहेको उनले बताएका छन् । नागरिक लगानीमा पर्यटन प्रबद्र्धनको अभियान सुरु गरिएको यो कंचनपुरमै सम्भवत पहिलो अभियान हो ।
