सेवा सञ्चालनका लागि मन्त्रालयको स्वीकृति पर्खर्दै गेटा अस्पताल

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका स्थित प्रस्तावित गेटा मेडिकल कलेजमा स्वास्थ्य सेवा परिक्षणका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति दिन ढिलाई गरेको छ ।
तत्काल एक सय शैय्याको अस्पताल निर्माणका लागि नेपाल सरकारको स्वीकृति पाएपनि सेवा सञ्चालनका लागि अझै निर्णय नभएको अस्पतालका निर्देशक डा. प्रमोद जोशीले बताए । ‘अस्पतालमा सेवा सञ्चालनका लागि स–साना प्राबिधिक काम सम्पन्न हुने क्रममा रहेका छन्,’ निर्देशक जोशीले भने, ‘ती काम दुई–चार दिनमै सम्पन्न हुनसक्छन्, तर अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्यमन्त्रालयको निर्णय पर्खनुपर्ने रहेछ, अहिले सम्म निर्णय भएको छैन ।’

अस्पतालमा काम गर्दा स–साना कुराको पनि मन्त्रालयबाट स्वीकृति लग्नुपर्ने बाध्यता रहेको उनले बताए । अहिले अस्पतालमा केही प्राबिधिक काम बाहेक सवै तयारी पुरा भएको उनले बतताए । ‘छुटपिट प्राबिधिक काम बाहेक गेटामा सेवा सञ्चालनका लागि आन्तरिक तयाररी लगभग पुरा भएको छ,’ अस्पतालका निर्देशक जोशीले भने, ‘एक सातामै छुटपिट काम पनि पुरा हुने छ ।’ निर्देशक जोशीका अनुसार हाल गेटा अस्पतालमा सेवा सुचारु गर्न ९ जना विशेषज्ञ डाक्टर उपलब्ध भएका छन् । त्यसैगरी प्रशासनिक कर्मचारी पनि पुग्नेक्रम जारी रहेको उनले बताए । ‘तत्कालका लागि गेटामा सेवा सुचारु गर्न स्वास्थ्यकर्मी सहति एक सय ४० कर्मचारीको दरवन्दि स्वीकृत भएको छ,’ निर्देशन जोशीले भने, ‘ती कर्मचारी पुग्नेक्रम जारी रहेको छ, तर त्यती मात्रै कर्मचारीले सेवा सञ्चालन गर्न सकिदैन, थप दरवन्दिका लागि पनि पहल भइरहेको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.