बझाङ : बझाङमा कालङ्गा खोलाले बगाउदा एक वृद्ध बेपत्ता भएका छन् ।
जिल्लाको बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी सोही नगरपालिकाको १ नम्बर वडास्थित पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार धामीको खोजतलासका र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।