पारदर्शीतालाई जोडदिदैँ प्रगतिशिल संस्था

जगदीश रोकाया
बझाङ : बझाङमा स्थापना भएका गैरसरकारी संस्थाहरुमा सुुशासन पारदर्शीता र जवाफदेहिताको कमजोरी भइरहेको जनगुुनासो आइरहेका बेला स्थापना भएको प्रगतीशिल युवा समाज संस्था भने आफुुलाइ शुुशासनको अगुुवा संस्थाको रुपमा लिन खोजी रहेकोछ ।
यो संस्थामा हुने अधिवेशन देखि बार्षीक साधारणसभा र अन्य संस्थाका बैठकहरु नियमित र खुला पारदर्शीता रुपमा हुने गर्दछन । शनिबार सरदमुकाम चैनपुरमा प्रगतिशिल युुवा समाजको १३ औ वार्षीक साधारणसभा तथा सामाजिक परीक्षण गरि संस्थावाट भए गरेका सवै कामकाजको जानकारी गराएको छ । सार्वजनिक रुपमा सवै सरोकारवालाहरुलाइ बोलाएर संस्थाले गरेका काम आयव्ययको जानकारी गरि सुुझाव सल्लाह लिएको थियो ।
संस्थाले वल्र्डभिजन र युुएमएनको साँझेदारीमा संचालन गरेको योजना परियोजनाहरुको जानकारी गराएको थियो । जिल्लामा यसरी गैर सरकारी संस्थाले आफ्नो सामाजिक परीक्षण कार्यक्रम गरेको हुँदा यो संस्था सुुशासन पारदर्शीता र जवाफदेहीतामा राम्रो देखिएको जयपृथ्वी नगपालिकाका मेयर चेतराज बजालले जानकारी दिए । उनी जस्तै थलारा गाँउपालिकाका अध्यक्ष प्रकाश रोकायाले पनि संस्थावाट आफ्नो पालिकामा भएका कामहरु उपलव्धी मुलक भएको र पारदर्शीता रहेको बताए ।
संस्थाले पालिकाहरुबाट भएको सहयोग साथै वल्र्डभिन र युुएमएनबाट भएको आर्थीक सहयोग गरि झण्डै १० करोड ९९ लाख बजेट बाट विभिन्न परियोजना बनाइ जिल्लाको थलारा गाँउपालिका, केदारस्युुँ गाँउपालिका र जयपृथ्वी नगरपालिकामा शिक्षा क्षेत्रको सुुधार साथै बालबालिको हकहित र रोजगार सृजना गर्ने कामहरु गर्दै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.