
अत्तरिया : मधेश प्रदेश सभाकी सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको मंगलवार बिहान साढे ८ बजे निधन भएको हो ।
उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसीयू कक्षमा भर्ना भएर उपचाररत थिइन् । उपचाररत रहेकै अवस्थामा उनको निधन भएको हो । उनी जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक सांसद बनेकी थिइन् ।
