Agni Offset Press

बाघको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख

Aarati simant

बर्दिया : बर्दियामा बाघको आक्रमणमा परि मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले प्रति परिवार एकरएक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

मंगलबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले हालसालै बाघको आक्रमणमा परि मृत्यु भएका परिवारलाई एक÷एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेका अनुसार बर्दियामा हालसालै बाघको आक्रमणमा परि मृत्यु भएका परिवारको संख्या भने यकिन गर्न बाँकी छ।
यसै गरी बर्दियामै केही दिन अघिको बाढीमा परि बेपत्ता भएकाहरूको परिवारलाई पनि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बर्दियामा दाउरा टिप्न गएका तीन जना केही दिन अघि बाढीमा परि बेपत्ता भएका थिए।मंगलबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेश लोकसेवा आयोगको कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको छ। अहिले लोकसेवा आयोगको कार्यालय प्रदेश सरकार मातहत रहने निर्णय भएको छ।

सरकारले लोकसेवा आयोग कार्यालय सञ्चालनका लागि भवनको व्यवस्थापन गर्ने निर्णय गरेको हो। प्रदेशसभा सचिवालयमा रहेका अस्थायी कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए। यसै गरी सरकारले मंगलबार राती देखि प्रदेशसभाको वर्षे अधिवेशन अन्तय गर्ने निर्णय समेत गरेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.