
क्यान्सरलाइ जितेका सत्यराजलाई भेटेपछि…..
जगदीश रोकाया

सिरानीमा राखेको रेडियोको विहान ट्युन खोल्दा साइपाल एफएममा नेपाली काँग्रेसका नेता सत्यराज भण्डारी संगको कुराकानी सुनियो । दिउसो उहाँ संग चैनपुर बजारको चौराहमा भेट हुदाँ रिङरोडतिर यसो घुुमघाम गयौ । केही मान्छेहरुसंगको भेटघाट भलासुुकाली हुदै गर्दा पत्रकारले फोन गरेछन । केपी प्लाजा होटल तिर आउनुु होस टेलिभिजन तिर कुराकानी गरौ भनेर ।
उहाँले फर्कैा जाँउ पत्रकारले बोलाएको छ । भनेपछि म पनि उहाँसंगै होटलतिर आए । त्यहाँ कामना टेलीभिजनका पत्रकारहरु भाइहरु उत्तम थापा, बचनजोशी, सहित सुरेन्द्र खत्री सुुदूरआवाजका आदित्य बुुढा क्यामरा रेडी गरी बसेका थिए । पत्रकार साथीहरुले उहाँको क्यानसर उपचार पछिको स्वास्थ्य अवस्था र केही राजनीतिकुराकानी गरे । नेपाली काँग्रेसका नेता सुुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुुनमन्त्री पृथ्वीबहादुर सिंहको अकल्पनीय दुखद निधनपछि बझाङ प्रदेश निर्वाचन क्षेत्र १ मा पनि उप निर्वााचनको कुरा चलिरहेको छ । उप निर्वाचनमा नेपाली काँगेसले सत्यराज भण्डारीलाइ टिकट दिएमा मत बढी पाउन सक्ने जिल्लामा अनुुमान गरेको देखिन्छ । क्यानसर पीडाबाट मुुक्त भएका भण्डारी पनि पत्रकारहरु संगको अन्तरवार्ता होस वा अन्य नेता कार्यकर्ता आफन्त सुुभेच्छुुकसंग उप निर्वाचनमा पार्टीले जिम्मेवारी दिए आफुु तयार भएर सेवा दिने सक्ने आत्म विस्वासमा हुनुुहुन्छ । तर, आफु टिकटको लागी साह्रै प्रतिस्पार्धामा नभएको उनको भनाइ छ ।
सत्यराज भण्डारीको यसपालिको बझाङ यात्रा विर्षतीमेलामा दुुर्गादेवीको मन्दिरमा पुुजा गर्ने रहेछ । क्यान्सरको अर्पेसन हुने समयमा उहाँकी आमाले छोरालाइ सन्चो हास् भनेर देवीलाइ भाकल गरेकी रहेछन । तर उनीको गाँउका आफन्तको मृत्युु भएकाले उहाँको पुुजा भएन यसपाली । विर्षती मेलामा संयोगले उहाँ संग मेरो पनि संगै यात्रा भयो । एक दुुइ दिन उहाँकै साथमा बसे र हिडे म । जात्रामा भेटीएका उहाँका चिनजानका मान्छेहरुले उहाँ लाइ सन्चो भएर मेलामा आएको देख्दा खुसी व्यक्त गरे । क्यान्सरबाट पीडित हुुनुुहुन्छ भनेर सुुनेका थियौ । हामीलाइ पनि चिन्ता थियो । सत्यराज सर यसरी भेट भयो बाँचेर आउनुु भयो भन्दै भेटेका मान्छेहरुले उहाँलाइ माया सद्भाव सम्मान बाड्दै धन्यवाद र स्वाथ्यलाभको कामना गर्थे ।
सत्यराज भण्डारीले पनि क्यानसर जस्तो रोगबाट सन्चो भएर जन्मभुमीमा फर्कन पाउदाँ आफ्नुु पुुन जन्म जस्तै भएको महसुुस गरेका थिए । केहि समयका लागी मृत्युुलाइ जितेर आइयो भनेर सवै सुुबेच्छुुक आफन्त नेता कार्यकर्तासंगै निकै हार्दिकता भावुुकताका साथ स्वास्थ्य अवस्था बारे कुुराकानी गर्थे । मेरो बाँच्नुुको पछाडी सवैको माया सदभाव साहनुुभुुती र आफ्नो आत्मबल भएको उनको भनाइ थियो । क्यानसर लागेका मान्छेहरु प्राय निको हुदैन भन्ने सवैको मान्यता छ । जिल्ला तथा बाहिर यस्ता विरामीहरु मृत्युु भएको खबर सुुनिने देखीने हुदाँ सत्यराज भण्डारी सर पनि बाँच्दैनन होला भन्ने सवै बझाङगी हरुको अनुुमान थियो ।
देशमा कोरानाको महामारीको समय सत्यराज भण्डारी बझाङ आएका बेला उनलाई पनि कोराना देखिएको थियो । स्वास्थ्य चेकजाँच गर्दा जेन्डीस पेले रोको लक्षण देखीदाँ डक्टरहरुले उहाँलाइ काठमाण्डौ जान सल्लाह दिएछन । दुुइ ढाइ वर्ष अगाडिको कुरा हो काठमाण्डुु टिचिङ् अस्पतालमा चेकजाँच गर्दा उहाँलाइ टिमुर भएको अर्थात कलेजोमा क्यानसर भएको डक्टरहरुले जानकारी दिएछन । सुुरुमा डक्टरले क्यानसर भएको जानकारी दिएपछि सत्यराज भण्डारी पनि भक्कानीएर रुएछन । घरपरिवार आफन्तहरुमा पनि चिन्तापिर रुवावासी नहुने कुरै भएन । उसो त यो पङ्तीकारलाइ पनि श्रीमतीको स्तनको क्यानसरहुदाँ उनी मरि हाल्छनकी भनेर मनमा पिडा भएको अनुुभव छ । तर उहाँ पनि यो क्यानसर बाट निको भएपछि मृत्युुलाइ जितेको हामीले पनि महसुुस गरेका छौ ।
सत्यराज भण्डारीमा देखिएएको समस्या बुुझविस्तार गर्दा नेपालका क्यान्सर सम्वन्धी डक्टरहरुले यो समस्या निको पार्न नसकिने निष्कर्षमा पुुगेछन । निको पार्न सकिदैन घरमा गएर बस्नुु होस भनेछ । यसको अर्थ मृत्युु लाइ पर्खीनुस् मिठो मसीनो खानुु होस मर्ने निश्चित छ उपचार कतै हुुँदैन । डक्टरले बिरामीलाइ उपचार हँुदैन घर जाउँ भनेपछि कस्को घरमा रुवावासी चल्दैन होला । मर्न त सवैलाइ डर लाग्छ । भण्डारी सरको मनमा र उहाँको परिवारमा अब के गर्ने भन्ने चिन्ता पर्यो ।
मर्ने त मरिने हो तर केही प्रयास गरौ दिल्लीतिर जाउ भनेर आफन्त घरमा सल्लाह गरेपछि उपचारको लागि दिल्लीतिर लागेछन सत्यराज भण्डारी । कोविटको बेला जान समस्या पिसीयार पोजेटिभ हुुनुुपर्ने जस्ता थुुर्पैै समस्याका बाबजुद पनि दिल्लीको ओपलो हुुँदै मेदान्त अस्पतालमा उहाँ पुुगे । दिल्लीमा पनि डक्टरले २५ प्रतिशत सम्भावना ७५ प्रतिशत जोखिम भनेर उपचार सुरु गरे छन । यदी उपचार गर्दै मृत्युु भयो भने बझाङमै दाहासंकार गर्नुहोला भनेर परिवारजनलाइ ईच्छाजाहेर गरेको भण्डारीसंग कुरा गर्दा बुुझिन्छ ।
दिल्लीको लिभर अस्पतालमा १७ घण्टा लगाएर उहाँको अप्रेसन सफल भएछ । त्यहाँका डक्टर पियुुस कुुमार सिनाहाले भण्डारीलाइ पुुर्नर जिवन दिए । अप्रेसन सफल भएकोमा भण्डारी र उहाँको घर परिवार आफन्त शुुभेच्छुक खुशी भए । जटिल ठाँउको क्यानसर दिल्लीको उपचार निकै महङ्गो थियो । यो समयमा उहाँलाइ आर्थिक रुपमा पनि सवैले सहयोग गरे । उपचारका क्रममा अहिले सम्म एक डेढ करोड जती खर्च भएको उहाँको अनुमान छ । संसारमा अहिले उपचार प्रविधिमा पनि राम्रो विकास सुविधा भएको हुँदा राम्रो डक्टर भेटेमा यस्ता जटिल बिराम पनि ठिक हुने उहाँमा विस्वास छ ।
नेपाल र दिल्लीका यी क्षणहरु, क्यानसर रोगको उपचार हुुनुु भन्दा अगाडि र पछाडीका मनभरी उव्जेका भावना, घर परिवार आफन्तको चिन्ता अहिले ति दिन सम्झदाँ सत्यराज भण्डारी आफ्नो भाग्य, कुलेदेवता, घरपरिवार आफन्त सुुभेच्छुक र उपचारमा संलग्न दिल्लीका डक्टर पियुुस कुमार सिनाहाप्रति आभारी छन ।
सुुझाव सल्लाह दिने नेपालका बिर अस्पतालका डाक्टर सौगात पौड्यल, बिष्णुु खतीवडा लगायत बझाडका डाक्टर सन्दपि ओखेडा र मिलन खड्काप्रति पनि उहाँ आभारी छन ।
नेपाली काँग्रेस बझाङको मात्र नभइ जिल्लाकै लोकप्रिय नेताका रुपमा परिचित सत्यराज भण्डारी क्यान्सरको उपचार भइ रहेको बेला समेत पार्टीको कार्यक्रममा जिल्लामा आइरहने गर्थे । दिल्ली अस्पताल बेडमा हुदाँ पनि आफ्नो स्वास्थ्य बारे जानकारी गरि रहन्थ्ये । सत्यराज भण्डारीमा पार्टीप्रतिको लगाभ चिन्ता साँचो सधै देखीन्छ । पार्टी भित्र सवै पार्टीमा देखिने टिमलाइ हेर्दा उहाँ कोइराला टिमका सशक्त लिडरको रुपमा देखिन्छन ।
नेता कार्यकर्ताहरुमा सम्पर्क समन्वय गर्ने राम्रो बानी व्यवहार भएको नेताका रुपमा लिइन्छ उहाँलाइ । जिल्लाको साझा समस्या हुन वा व्यक्तिगत समस्यामा काठमाण्डौमा हुँदा सम्वन्धित ठाँउमा गइ दिने भनि दिने उहाँको राम्रो गुण मानिन्छ । आफुुमा भएका र सहकर्मी साथीहरुबाट राजनीति यात्रामा भएका कमीकमजोरीलाइ आत्मसाथ गरि अब अन्तरविद्रोह हटाइ पार्टी एकता गरेर अगाडि बढ्नुुपर्नेमा उहाँ सहमत हुनुुहुन्छ ।
दिल्लीमा आफ्नो उपचार गरि रहँदा नेपालमा आफ्ना बुुबाको मृत्युु भएको तर, आफुले बुुबाको मृत्युुको बेला आउन नसकेकोमा आफुुलाइ धेरै पीडा दिएको उहाँको भोगाइ छ ।
दुुर्गाथली गाँउपालिका जुुजीको एउटा खानदानी परिवारमा जन्मेका सत्यराज भण्डारी १० वर्ष सत्यवादी मावी भोपुुरमा शिक्षक भए । नेपाली काँग्रेसको ३ पटक जिल्ला पार्टी सभापतीको जिम्मेवारी लिए । ५० वर्ष पार्टीको सक्रिय राजनीतिमा लागेका सत्यराज भण्डारी क्यान्सरबाट सन्चो भएपछि अहिले पुुरानै अवस्थामा स्वास्थ्य आएको महसुुस गरि जनताको सेवा र जिम्मेवारी पाए काम गर्न सक्ने इच्छा शक्ति उहाँमा पलाएको छ । अहिले उहाँको भेटघाट सम्पर्क समन्वय र सक्रियता साविककै अवस्थामा आएको देखिन्छ ।
२०६४ सालमा पहिलो पटक संविधान सभाको र्निबाचन हुदाँ बझाड क्षेत्र नम्वर २ बाट संविधान सभा सदस्यको लागी टिकट पाएका भण्डारीले माओवादीको त्यतिखेरको जवरजस्ती दबदबाब साथै आफ्नै पार्टीका सहक्रर्मी साथीहरुको असहयोगले पराजित बहोर्नु परेको दुुखेसो छ । जिल्लाको दुुवै क्षेत्रमा उत्तीकै जनआधार आफन्त इष्टमित्र सुुबेच्छुक नेता कार्यकर्ता भएका सत्यराज भण्डारीको जिल्लाका अन्य पार्टीका नेताहरु संगपनि उत्तिकै हार्दिकता देखिन्छ ।
