आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौँ : हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्नेलाई कारबाही नगरिएको विरोधमा आन्दोलन घोषणा गरेको नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गराएको छ।

संघले जारी गरेको विज्ञप्तिअनुसार आज (भदौ ३१ गते) देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ। सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीलाई यही भदौ २७ गते अस्पतालभित्रै पसेर एक समूहले कुटपिट गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.