Agni Offset Press

शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरले कारबाही गर्ने

Aarati simant

काठमाडौं : काठमाडौं महानगरापलिकाले कुनै पनि निजी तथा सरकारी विद्यालयका शिक्षकहरूले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने भएको छ।

बुधबार महानगरले आन्दोलनका नाममा स्कुल बन्द गरेको भेटे कारबाही गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइँले जानकारी दिए।

उनका अनुसार भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरिएको थियो।

आन्दोलनका नाममा स्कुल बन्द गरेको पाइए शिक्षक र प्रधानाध्यापकलाई कारबाही गरिने व्यवस्था समेत उल्लेख गरिएको थियो, उनले भने , सोही कुरा कार्यान्वयन हुने हो।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.