Agni Offset Press

विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न शिक्षकलाई रास्वपाको आग्रह

Aarati simant

काठमाण्डौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाले आफ्नो मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गरी शिक्षकलाई आन्दोलन नगर्न आग्रह गरेको हो। महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरूप्रति हार्दिक अनुरोध गर्दछौँ।’

साथै रास्वपाले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहन नहुने जिकिर गरेको छ। रास्वपाले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग निरन्तर छलफलमा रहेको र परामर्शपछि आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.