Agni Offset Press

काँग्रेसमा ८ जना केन्द्रीय सदस्यमा मनोनीत, को-को हुन् ?

Aarati simant

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा ८ जनालाई मनोनीत गरेका छन्। सभापति देउवाले बिहीबार गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईँ, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

०७८ मा भएको १४ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए। विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने हो। तर सभापति देउवाले १९ महिनापछि केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

 

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.