बझाङमा भाइले गरे दाइको छुरी प्रहार गरी हत्या

बझाङ : शुक्रबार बझाङमा भएको हत्या प्रकरणमा हत्या भएका व्यक्ति र आरोपित दाजुभाई रहेको खुलेको छ। शुक्रबार साँझ छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको उनकै भाई करिब ५५ वर्षीय बिजुली मण्डेलले छुरा प्रहार गरि हत्या गरेको खुलेको हो।

दुवैजनाले सुरुमा सँगै मदिरा सेवन गरेको र विवाद हुँदा भाईले सुरुमा भाउजुलाई कुटेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरतबहादुर शाहले बताए। उनका अनुसार त्यसपछि दाजु जैलुले भाईलाई सुरुमा हँसिया प्रहार गरेकोमा आक्रोशित भाइले छुरा प्रहार गरि दाजुको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

हत्यापछि आरोपित फरार भएको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ। उनलाई पनि दाजुले प्रहार गरेको हँसिया लागेको बताइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी प्रज्वल महर्जनले फरार आरोपित पक्राउ गर्न छिमेकी जिल्लाका प्रहरीलाई समेत ‘अलर्ट’ गराएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.