
काठमाडौं : प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड चीन पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट शनिवार बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम् १९ औं एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।
