बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङ :  बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिबार गाँजो (खर) काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए ।

गाँजो काट्न गएकी बोहरा आज बिहान ६ बजेतिर भीरबाट लडेकी थिइन् । भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् । बोहरा भीरबाट अन्दाजी ३,४ सय मिटर तल खसेकि थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.