गौरीगंगा बडैपुर शिविरका दुई बालिका गायब, परिवारमा रुवाबासी

अत्तरिया : कैलालीको बडैपुर शिविरका दुई बालिका गायब भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका पार्वती बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएकी गंगा ओलीकी १० वर्षीया छोरी गौरी ओली साउन २६ गतेदेखि बेपत्ता छन्। दुबै बालिका साउन २६ गते शुक्रबार दिँउसो घर नजिकैको लिक्मा नदिमा नुहाउन गएका थिए।

अहिलेसम्म ती बालिका कतै फेला नपरेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक गणेशबहादुर धामीले बताए। दुबै बालिका नजिकैको त्रिपुरेश्वर प्राविमा अध्ययनरत थिए। बालिका बेपत्ता भएको लामो समय वितिसक्दा पनि फेला नपरेपछि परिवारमा रुवाबासी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.