Agni Offset Press

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प : १५ जनाको मृत्यु, कैयौँ घाइते

Aarati simant

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणले ६.३ म्याग्निच्युडको भूकम्पपछि हेरात प्रान्तमा धेरै शक्तिशाली धक्का महसुस गरिएको जनाएको छ।

भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ। अफगान अधिकारीहरूले भग्नावशेषमा केही मानिस फसेको बताएका छन्। आसपासका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरो गएको खबर प्राप्त भएका छन्। गएको जुनमा पनि अफगानिस्तानमा गएको भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएको थियो।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.